काठमाडौं । नेपालमा बुधबार राति भूकम्प गएको छ। अन्तर्राष्ट्रिय भूकम्प मापन केन्द्र (ईएमएससी) का अनुसार राति ११ बजेर १५ मिनेटमा ३.१ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको केन्द्रबिन्दु सगरमाथा क्षेत्रको नाम्चे बजारबाट करिब १८ किलोमिटर पूर्व–दक्षिणपूर्वमा रहेको जनाइएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १३ किलोमिटर गहिराइमा रहेको थियो।
प्रारम्भिक विवरणअनुसार भूकम्पको तीव्रता कम रहेको छ। उक्त भूकम्पबाट मानवीय तथा भौतिक क्षति भएको कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन।











प्रतिक्रिया