प्रिमियर लिगमा लेस्टरको पहिलो जित


काठमाडौं ।

इङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले पहिलो जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा लेस्टर सिटीले बोर्नमाउथलाई १-० गोल अन्तरले पराजित गरेको हो।

लेस्टर सिटीको जितमा खेलको १६औं मिनेटमा फकुन्डो बुओनानोटटेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो लेस्टर सिटीको यस सिजनमा पहिलो जित हो।

लेस्टरको ७ खेलमा एक जित जित बराबरी र ३ हारसहित ६ अंक भएको छ र लिगमा १५औं स्थानमा रहेको छ। त्यसैगरी बोर्नमाउथको भने ७ खेलमा ८ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।