नेपालले आज ओमानको सामना गर्दै


काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत आज ओमानको सामना गर्दै छ। यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँदै छ।

नेपालले यस अघि खेलेका यस सिरिजका तिनै खेलमा हार बेहोरेको छ। नेपालले क्यानडासँगका दुवै खेलमा हार बेहोरेको छ भने ओमानविरुद्धको पहिलो खेलमा हार बेहोरेको छ।

नेपाल र ओमानबीच अहिलेसम्म कुल ८ एकदिवसीय खेल भएका छन्। जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ। नेपालले लिग-२ मा अहिलेसम्म ७ खेल खेलेको छ।

जसमा एक जित हासिल गरेको छ भने ६ खेल हार बेहोरेको छ। त्यस्तै ओमानले अहिलेसम्म खेलेका ६ खेलमा २ जित, ३ हार र एक खेल नतिजा विहीन हुँदा अङ्क बाँडेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।