च्याम्पियन्स लिगमा रियल म्याड्रिडको विजयी


काठमाडौं ।

युइएफए च्याम्पियन्स लिग अन्तर्गत गए राति सम्पन्न खेलमा रियल म्याड्रिड विजयी भएको छ। रियल म्याड्रिडले जर्मनी क्लब भिएफबी स्टुट्टगार्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे, एन्टोनियो रुडीगेर र एनड्रीकले एक एक गोल गरेका हुन्। त्यस्तै स्टुट्टगार्टका लागि डेनिज उनडाभके एक गोल गरेका थिए।

रियल म्याड्रिडले अब च्याम्पियन्स लिगमा अर्को खेल अक्टोबर ३ मा फ्रेन्च क्लब लिलीसँग खेल्ने तालिका रहेको छ। त्यस्तै भिएफबी स्टुट्टगार्टले अर्को खेल अक्टोबर १ मा स्पार्ट प्राहसँग खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।