पेरिस पारालिम्पिकमा भरत पराजित


काठमाडौं ।

नेपालका भरतसिंह महता पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत तेक्वान्दोको के– ४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि बिहीबार पराजित भएका छन्।

पेरिसस्थित ग्रान्ड पेलेसमा भएको राउन्ड अफ १६ को खेलमा पाँचौं विश्व वरीयताका जापानका मित्सुया तानाकाले भरतलाई १९–३ ले पराजित गरेका हुन्। भरत विश्व वरीयताको ५७ औं स्थानमा छन्। हारसँगै भरत प्रतियोगिताबाट बाहिरिएका छन्।

तेक्वान्दोमै पदकको आशा गरिएकी पलेशा गोबर्धनले के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौलसमूहमा शुक्रबार नेपालको चुनौती प्रस्तुत गर्ने छिन् ।

भरत र पलेशासहित पारालिम्पिकमा नेपालबाट ३ खेलाडी सहभागी छन्। पौडीका भीमबहादुर कुमालले सेप्टेम्बर २ तारिखमा एस ९ क्याटगोरीको पुरुष ५० मिटर फ्रिस्टाइलमा सहभागिता जनाउने छन्।

भरत र भीम वाइल्ड कार्ड मार्फत पारालिम्पिकका लागि छनोट भएका हुन्। पलेशाले भने छनोट चरण पार गर्दैै पेरिस यात्रा पक्का गरेकी हुन्।

Skip This