बालाजुमा एटीएम तोडफोड गर्ने युवक पक्राउ


काठमाडाैं ।

एटीएम ताेडफाेड गरेकाे आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रौतहट यमुनामाई गाउँपालिका वडा न. १ घर भई हाल काठमाडाैं बडा नं. १४ कलंकी बस्ने वर्ष १८ वर्षीय राधेश्याम बैठा रहेका छन् ।

आज दिउँसो काठमाडौंको बालाजु चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम फुटाउँदै गर्दा बैठालाई फलामको रडसहित पक्राउ गरेकाे हाे । खबर प्राप्त हुनासाथ तत्काल उक्त स्थानमा प्रहरी टोली पुगेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

बैठालाई नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भईरहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।