जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ


काठमाडौं। 

बुढानीलकण्ठ नगरपालिका-११ खरिबोट प्रगति चोक डेरा गरी बस्ने काठमाडौं महानगरपालिका-६ घर भएका ७२ वर्षीय रमेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा लामा समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३६ हजार ५ सय रूपैयाँ, ६ बुक तास र ३७ थान क्वाईन सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।