रास्वपाले बोलायो संसदीय दलको बैठक


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने गरी रास्वपा संसदीय बैठक बोलाइएको हो।

उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय लिइने रास्वपाले जनाएको छ।

प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यतालिका छ। प्रतिनिधिसभामा रास्वपाका २१ जना सदस्य छन् ।

Skip This