सशस्त्रको वीरगन्ज सीमा सुरक्षा गुल्म देशमै उत्कृष्ट

23.97k
Shares

वीरगन्ज ।

 बिरगंजस्थित सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म राजश्व संकलन (अवैध सामान बरामद) गर्न मधेश प्रदेश मात्र नभई सिंगो देशमै उत्कृष्ट भएको छ ।

गुल्म प्रमुख डिएसपी सुरज रिजालको सक्रियताले वीरगन्ज भन्सार एरियाबाट मात्र तिनमहिना २० दिनको अवधिमा झन्डै ९ करोड बराबरको तस्करीको माध्यमले भित्र्याइएको अवैध भारतीय सामान बरामद गरेको हो ।

डिएसपी रिजाल स्वयं अहोरात्र फिल्डमा खटेर त्यत्रो ठूलो परिमाणमा तस्करीका मालसमान  बरामद गर्न सफल भएका हुन् ।

 प्रस्तावित भन्सार गुल्मको इतिहासमा हालसम्मकै सबै भन्दा बढी तस्करीको मालसमान बरामद गरी भन्सार बुझाउन सफल भएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिवासका प्रवक्ता एसपी सशी पाण्डेले बताएका छन् ।

डिएसपी रिजाल वीरगन्ज भन्सार प्रस्तावित गुल्मको इन्चार्जका रूपमा २०८० चैत ७ गते हाजिर भएका थिए । हाजिर भएको दिनदेखि आजको मितिसम्म मात्र तीन महिना २० दिनको अवधिमा ८ करोड ८३ लाख ,३४ हजार ९९३ रुपैयाँ मूल्य बराबरको तस्करीका मालसमान  बरामद गरी भन्सार बुझाएको डिएसपी रिजालले बताएका छन् ।

गत चैत महिनामा  एक करोड ४७ लाख ६२ हजार ८९३ रुपैयाँ, गत वैशाख महिनामा दुई करोड ६३ लाख एक हजार ८८२  ,जेष्ठ महिनामा दुई करोड ४१ हजार २ ८९ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी भन्सारमा बुझाएको उनले बताएका छन्।

त्यसैगरी असार महिनाको आज २७ गते समाचार तयार पार्दासम्म दुई करोड ६२ लाख ५९ हजार ९१९ रुपैयाँ बराबरको अवैध तस्करीका समान बरामद गरी  भन्सार कार्यालयमा बुझाएको छ।
सोही अवधिमा २० किलो गाँजा, विभिन्न किसिमका लागुऔषध कारोबारी, हुण्डी कारोबारी तथा तस्करीमा संलग्न महिला पुरुष गरी १५ जना मानिसलाई नियन्त्रमा लिएर आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा बुझाइएको डिएसपी सुरज रिजालले जानकारी दिएका छन्।

सशस्त्र प्रहरी बल वीरगन्ज गुल्मले तस्करीका मालसमान बरामद गरी भन्सार दाखिला गराउन नेपालमै अब्बल हुनसफल भएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिबासले जनाएको छ ।