युरो कपमा आज राति फ्रान्स र स्पेन भिड्दै


काठमाडौं ।

युरो कप २०२४ को पहिलो सेमिफाइनलमा आज राति फ्रान्स र स्पेन भिड्ने भएका छन्।

नेपाली समय अनुसार राति पौने १ बजे खेल म्युनिखमा सुरु हुनेछ। स्पेन जर्मनीलाई पराजित गर्दै र फ्रान्स पोर्चुगललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन्।

पछिल्लो पटक २००० मा युरो कप उपाधि जितेको फ्रान्स २४ वर्षपछि उपाधि जित्ने दाउमा छ। स्पेन पनि २०१२ पश्चात पहिलो उपाधिको खोजीमा छ । विजेताले इङ्ल्यान्ड र नेदरल्याण्ड्सबिचको विजेतासँग उपाधि भिडन्त गर्नेछ। यो सेमिफाइनल भोलि बेलुका हुनेछ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।