एसिया कप खेलेर नेपाली टोली स्वदेश फिर्ता


काठमाडौं ।

कतारमा सम्पन्न एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । टोली बुधबार राति काठमाडौं आइपुगेको हो ।

प्रतियोगितामा नेपालले तीन खेल खेल्दै एक जित र दुई हार व्यहोरेको थियो । नेपालले युएईलाई पराजित गर्दा भारत ‘ए’ र पाकिस्तान ‘ए’सँग पराजित भएको थियो ।

अब नेपाली टोलीको ध्यान आगामी एसिया आईसीसी एकदिवसीय विश्वकप क्वालिफायर प्लेअफमा केन्द्रित हुनेछ । उक्त प्रतियोगिता मंसिर १८ देखि पुस ६ गतेसम्म नेपालमै आयोजना हुँदैछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।