धादिङमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता


धादिङ ।

धादिङबेसीमा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा विभिन्न उमेर, तौल समूह तथा कातातर्फ गरी ८४ खेलाडी पुरस्कृत भएका छन् । नीलकण्ठ स्पोट्र्स क्लबको आयोजनामा भएको प्रतियोगितामा नेपाल र भारतका गरी १ सय ५० जना खेलाडीले सहभागिता जनाएका हुन् ।

प्रतियोगिताको ६० केजी तौल समूह पुरुषतर्फ विशाल डंगोल प्रथम, सुनिल परियार द्वितीय तथा रोहन तामाङ तृतीय भए । महिलातर्फ सुस्मा रानी घले प्रथम, दिलरुपा तामाङ द्वितीय तथा समैरा महर्जन र खुसी श्रेष्ठ तृतीय भएका थिए ।
५० केजी पुरुषतर्फ सुहान तामाङ प्रथम, सुधिर ठाकुर द्वितीय तथा विशाल घले र साहिल तामाङ तृतीय स्थानमा रहे ।

महिलातर्फ जोशिला गुरुङ प्रथम, पार्वती श्रेष्ठ द्वितीय तथा सिम्रन लामा तृतीय भए । ५० केजी जुनियर पुरुषतर्फ सरोज तामाङ प्रथम, विकेश तामाङ द्वितीय तथा मोहम्मद सहारे आलम तृतीय स्थानमा रहे ।

५५ केजी महिलातर्फ मनमाया घले प्रथम, पृथ्वी थापा क्षेत्री द्वितीय तथा ज्योती महर्जन तृतीय भए । पुरुषतर्फ युग विक प्रथम, दिनेश तामाङ द्वितीय तथा मनिष गुरुङ र फसाहिद अलि तृतीय भएका थिए ।

४० केजी महिलातर्फ डोल्मा तामाङ प्रथम, अनुस्का तामाङ द्वितीय तथा इशु तामाङ र रेशु तामाङ तृतीय भएका थिए । पुरुषतर्फ सुरेश लामा प्रथम, स्पन्द बानियाँ द्वितीय तथा प्रविन पौडेल र श्रेयास श्रेष्ठ तृतीय भए । ४० केजी जुनियर पुरुषतर्फ सतिज न्युरे प्रथम, मुकेश गुरुङ द्वितीय तथा प्रविन घले र निखिल सिंह तृतीय भए ।

४५ केजी पुरुषतर्फ सागर तामाङ प्रथम, डिलबहादुर तामाङ द्वितीय तथा इशान कुरैसी र सलिन गुरुङ तृतीय भए । महिलातर्फ प्रकृति तामाङ प्रथम, सपना गिरी द्वितीय तथा बिनिशा दुवाडी र चेतना तामाङ तृतीय भएका थिए ।
३० केजी महिलातर्फ समीक्षा लामा प्रथम, रञ्जना तामाङ द्वितीय तथा शशी नेपाल र रेशमा तामाङ तृतीय भए ।

पुरुषतर्फ अनुरोध थापामगर प्रथम, इशान बोगटी द्वितीय तथा आरोप मल्ल र हेमन्त तामाङ तृतीय भएका थिए ।
कातातर्फ पुरुष समूहमा रोहन तामाङ प्रथम, विश्व थामी द्वितीय तथा साहिल तामाङ र समीप तामाङले तृतीय स्थान हासिल गरे । महिलातर्फ रेशु तामाङ प्रथम हुँदा समीक्षा लामा द्वितीय भइन् । इशानी चौधरी तृतीय स्थानमा रहिन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।