मुग्लिङमा पहिरोमा पुरिएर स्काभेटर चालकको मृत्यु



चितवन ।

मुग्लिङमा पहिरोमा पुरिएर स्काभेटर चालकको मृत्यु भएकाे छ ।

ईच्छाकामना गाउँपालिका-५ मुग्लिङ नारायणगढ सडक खण्डको तीन नम्बर पुलमा बा.२ क ८६५१ नम्बरको स्काभेटर पुरिँदा चालक बर्दिया गेडुवा गाउँपालिका-४ बस्ने ३८ वर्षीय मंगल चौधरीको आइतबार बिहान मृत्यु भएको हाे ।

पुलको लागि पहाड काट्ने क्रममा माथिबाट ढुङ्गा सहितको पहिरो खसेर चालक सहित स्काभेटर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले चालक चौधरीलाई गम्भीर घाइते अवस्थामा उद्दार गरी उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्काभेटर पूर्णरूपमा क्षति भएको र सोही स्थानमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ना.६ ख १५११ नम्बरको ट्रकमा समेत सामान्य क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्