कांग्रेसले आज सहकारी ठगीविरुद्ध विरोध प्रदर्शन गर्दै



काठमाडौं ।

नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै आज विरोध प्रदर्शन गर्दै छ । अहिलेसम्म संसदमा मात्र विरोध गर्दै आयेको कांग्रेस अब भने सोहि मुद्धालाई सडकमा लिएर जान लागेको हो।

कांग्रेसले पहिलो चरणमा काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। आज कांग्रेसले उपत्यकाका तीन वटै जिल्ला कार्यसमितिको अगुवाइमा काठमाडौंमा विरोध प्रदर्शन गर्दै छ।

काठमाडौंको प्रदर्शनी मार्गमा दिउँसो १ बजे हुने विरोध कार्यक्रमलाई सफल बनाउन काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूले तयारी गरिरहेका छन्।

कांग्रेसले सहकारीको बचत अपचलन गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्