देउवा निवास बुढानिलकण्ठ पुगे प्रधानमन्त्री प्रचण्ड



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन्। आइतबार बिहान प्रधानमन्त्री प्रचण्ड देउवा निवास पुगेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदमा अवरोध गरिरहेको र संसदीय छानबिन समितिको कार्यादेशको विषयमा जारी विवादबारे छलफल गर्ने बताइएको छ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको र अहिलेसम्म सरकारको नीति तथा कार्यक्रम समेत पारित हुन नसकेको अवस्थामा प्रधानमन्त्री प्रचण्ड कांग्रेसलाई विश्वासमा लिन देउवा निवास पुगेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्