राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता



काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको छ। त्यस अवसरमा राष्ट्रपति पौडेलले संसद्मा जारी गतिरोधबारे जिज्ञासा राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहालले संसद्मा जारी गतिरोध अन्त्यका लागि आफू क्रियाशील रहेको जानकारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्