५५ हजार नक्कली नोटसहित ५ जना पक्राउ



हेटौंडा ।
मकवानपुरको प्रहरी चौकी नामटारबाट बुधबार खटिएको टोलीले कैलाश गापा वडा–९ बस्ने वर्ष १८ का सीताराम थिङसहितको साथबाट नेपाली १ हजार दरका नक्कली नोट बरामद गरेको छ ।
थिङको साथबाट बाह्र हजार नक्कली नोट बरामद गरिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयमा प्रारम्भिक अनुसन्धानका क्रममा सोधपुछ गर्दा उक्त नक्कली नोट हेटौंडा–१४ घर भइ वडा–४ मा डेरा गरी बस्ने वर्ष ३७ का सुनील ढुंगानाले दिएको बताएका थिए । बिहीबार ढुंगानाको डेरामा प्रहरीले खानतलासी गर्ने क्रममा उनको साथबाट १ हजार दरको नक्कली नेपाली नोट ४२ थान र उनका छोरा वर्ष १८ का रोजलको साथबाट नक्कली नेपाली नोट १ थान गरी ४३ हजार नक्कली नेपाली नोट फेला परेको थियो ।
थप अनुसन्धान गर्दा उक्त कार्यमा मकवानपुरगढी गापा वडा–४ बस्ने वर्ष २० का सोमराज थोकर र वर्ष २८ का रामेश्वर अर्यालसमेत संलग्न रहेको बताएपश्चात उक्त नक्कली नेपाली नोटसहित उनीहरुलाई नियन्त्रणमा लिइ घटनामा संलग्न पाँच जनालाई मुद्रासम्बन्धि कसुरमा मकवानपुर जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्