उपनिर्वाचन

इलाममा एमालेका नेम्वाङ २६ सय बढी मतले अगाडि



इलाम ।

इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ २ हजार ६ सय १८ मतले अग्रता लिएका छन्।

पछिल्लो मत परिणामअनुसार नेम्वाङले ८ हजार ८ सय ९८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार २८० मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४ हजार ६३४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ३०५ मत पाएका छन्। हालसम्म २१,८१० मत गनिएको छ ।

प्रतिक्रिया दिनुहोस्