७७ लाख ६९ हजार बराबरको अबैध समानसहित ट्रक प्रहरीको नियन्त्रणमा



काठमाडौँ।

जिल्ला प्रहरी कार्यालय बाराको मतहतको ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले ७७ लाख ६९ हजार बराबरको अबैध समानसहित दुई वटा डिब्बे ट्रकहरू नियन्त्रणमा लिएको छ।

बिलबिजक भन्दा बढी सामान लोड गरी वीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ५ ख ७९२७ नं.को ट्रक र वीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ५ ख ८२३७ नं.को ट्रक शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो।

ना ५ ख ७९२७ नं.को ट्रकमा सुकमेल, वाटर फिल्टर, डिफ्रिज र अन्य समानहरू गरी २९,८९,५८३।– रूपैया बराबरको बिल भरपाई फरक रहेको पइएको प्रहरीले जानाएको छ। यस्तै ना ५ ख ८२३७ नं.को ट्रकमा लोड गरेको सुकमेल, वाटर फिल्टर, डिफ्रिज र अन्य समानहरू गरी २९,८९,५८३।– रूपैया बराबरको बिल भरपाई फरक रहेकको पाइएको छ।

नियन्त्रित ट्रकहरुलाई आवश्यक कारवाहीको लागी राजश्‍व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्