वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको लक्ष्य



काठमाडौँ ।

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।

टस हरेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ५ विकेट गुमाउदै २०४ रन बनाएको हो।

वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्बाधिक ७४ रन बनाए भने एलिक अथानाजेले ४७ रन बनाए । त्यस्तै किची कार्टीले ३८, आन्द्रे फ्लेचरले १३ र काडिम आलेयनेले १४ रन बनाएका थिए ।

त्यसैगरी नेपालका बलरकमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्