उपनिर्वाचनका लागि इलाम मतदान सुरु



काठमाडौं ।

उपनिर्वाचनका लागि इलाममा प्रतिनिधिसभा-२ मा मतदान सुरु भएको छ ।

आयोगका अनुसार इलाम-२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । तीमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् ।

इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् । इलाम-२ मा प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि र बझाङ १९१०मा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्