दस हजार चार सय केजी प्याजसहितको गाडी नियन्त्रणमा



रुपन्देही।

जिल्लाको सिद्धार्थनगर नगरपालिका–५ स्थित दोगरा ईलाकाबाट आइतबार सशस्त्र प्रहरीले करीव ५ लाख ३० हजार रुपैयाँ बराबरको १० हजार ४ सय के.जी. प्याज र बोरा सिलाउने मेशिनसहितको गाडी नियन्त्रणमा लिएको छ ।

भारतबाट अबैध रुपले नेपालमा ल्याई राखेको प्याज र मेशिन ग १ ख ९२२६ नम्बरको आईचर गाडीमा लोड गरिरहेको अवस्थामा नं. २७ गण रुपन्देहीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको सामान र गाडी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

उक्त गाडीको भन्सार दाखिला मूल्य २५ लाख कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्