नेपाली सेनाको वार्षिक जर्नलका लागि अनुसन्धानमूलक स्टोरी आह्वान



काठमाडौँ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको कार्यालयद्वारा नेपाली सेनाले देशका विभिन्न स्थानहरूमा सञ्चालन गर्दै आइरहेको महत्त्वपूर्ण विकास निर्माणका विषयहरूमा खोज, अनुसन्धान र अध्ययनको दायरा फराकिलो पार्ने उद्देश्यका साथ विगत वर्ष सरह यस वर्ष पनि वार्षिक जर्नलको चौथो संस्करण (केटीएफटी जर्नल भोल्युम आईभी प्रकाशन गर्न लागेको जानकारी गराएको छ।

उक्त जर्नलमा आफ्नो लेख रचना प्रकाशन गर्न चाहनेले आगामी जेष्ठ १५ गतेभित्र क आयोजनाको इमेल ठेगाना [email protected] मा आफ्नो लेख रचना पठाउन सकिने बताइएको छ। ।

उक्त वार्षिक जर्नलमा लेख रचना पठाउनको लागि आयोजनाको आधिकारिक वेबसाइट ktft.nepalarmy.mil.np को Publication menu मा गई वा टेलिफोन नम्बर ०१-५९७९४०५ मा सम्पर्क गरी आवश्यक जानकारी प्राप्त गर्न सकिने छ । साथै, प्राप्त हुने लेख रचनाहरू मध्ये उत्कृष्ट हुने ३ वटा लेख रचनाहरूलाई प्रथम पुरस्कार-.५१,०००।-, द्वितीय पुरस्कार- .३१,०००।- र तृतीय पुरस्कार- .२१,०००।- प्रदान गरिने जानकारी गराइएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्