चामलको बोरा भित्र २४७८ एम्पुल लागु औषध



काठमाडौँ।

चामलको बोरा भित्र लागु औषध लुकाएर ल्याउने दुई जनालाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको छ।  २४७८ एम्पुल (डाईजेपाम ८४२, बुप्रेनोर्फिन ६८५, फेनारगन ९५१) र मनोद्दिपक पदार्थ नाईट्रोभेट ३३०८ ट्याब्लेटसहित सप्तरी खड्क न.पा. ११ वनौलीका ४७ वर्षीय राम लोचन मुखियालाई प्रहरीले नागढुङ्गा थानकोटबाट बिहीबार पक्राउ गरेको हो।

साथै अनुसन्धानको क्रममा उक्त लागु औषध काठमाडौं उपत्यकामा बिक्री वितरण गर्ने जिल्ला सप्तरी, बरहथवा न.पा ११ घर भई हाल जिल्ला काठमाडौँ  बसुन्धारा बस्ने  ४७ वर्षीय कमल अधिकारीलाई गोंगबु बसपार्क पक्राउ गरिएको प्रहरीले जनाएको छ।

लागु औषध नियन्त्रण व्यूरो, कोटेश्वरबाट नागढुङ्गा थानकोट चेक पोष्‍टमा खटिएको प्रहरी टोली र थानकोट चेक पोष्‍टको संयुक्त प्रहरी टोलीले काठमाडौं उपत्यका भित्रिने गाडीहरू चेकजाँच गर्ने क्रममा चामलको बोरा भित्र लुकाइ छिपाइ लिएर आएको उक्त लागु औषध फेला परेको प्रहरी उपरीक्षक रामेश्‍वर कार्कीले जानकारी दिए।

 पक्राउ परेका उनीहरु  उपर लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्