पोखरामा सुरु भयो काभ्रे पुन्यवती प्रालिको प्रथम भेला 



  पोखरा। 

काभ्रे पुन्यवती प्रा.लि.को प्रथम ब्यबसायिक भेला पोखरामा सुरु भएको छ । प्रा.लि.का अध्यक्ष राजेश सुन्दर सैजुको अध्यक्षतामा सुरु भएको भेलामा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालको प्रमुख आतिथ्यता रहेको छ ।

  भेलामा प्रा.लि.मा आबद्ध यातायात ब्यबसायीहरु, विभिन्न प्रा.लि का अध्यक्ष एवं  पदाधिकारीहरु सहभागी छन् । भेलामा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृस्ण बैध, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका बिजय स्वांर,  वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद सिटौला (सरोज), उपाध्यक्ष ऐनकुमार शाही, सचिव आत्मराम थापा, सचिव भानुभक्त बस्याल, गण्डकी प्रदेश संम्योजक प्रकाशमणि तिवारी, गण्डकी प्रदेश उद्योग वाणिज्य सँघका अध्यक्ष पवनकुमार प्रजापति,, काभ्रे संयोजक राजेश कुमार श्रेष्ठ, पूर्व  अरनिको प्रालि अध्यक्ष केदार क्षेत्री, काभ्रे बस प्रालि अध्यक्ष वर्ण शाक्य लगायतका पदाधिकारीहरु तथा विभिन्न सघ संस्थाका प्रतिनिधिहरु सहभागी छन् ।

भेलामा व्यावसायिका समस्या, हक हितका लागि खेल्नु पर्ने भूमिका तथा आगामी योजनाका बारेमा छलफल हुनेछ । 

   अध्यक्ष राजेश सुन्दर सैजुले प्रा.लि गठनका चुनौती, समितिको पुरानो अभ्यास तथा सर्वोच्चले समिति पुन सञ्चालनका लागि गरेको फैसला तथा आर्थिक मन्दीले भोगिरहेका समस्या तथा व्यवसायी पलायन रोक्न र नयाँ प्रवेशको वातावरण बनाउन छलफल महत्त्वपूर्ण हुने बताए । उक्त प्रालिबाट पनौती काठमाडौँ लगायत काभ्रेको दक्षिण भेगका ग्रामीण भेगमा यातायात सेवा सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्