जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० जना घाइते, एकको अवस्था गम्भीर



पाल्पा ।

पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जीप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।

 शुक्रबार राती लु १ ज २५३५ नम्बरको जिप जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा सो दुर्घटना भएको हो ।

 भित्री कच्ची सडकमा दुर्घटना हुँदा जीपमा सवार १७ जनामध्ये १० जना घाइते हुन पुगेका थिए । घाइतेहरूको उपचारका लागि रामपुर अस्पतालमा पठाइएको छ ।

 जीपका चालक फरार रहेकाले खोजी कार्य जारी राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्