ज्येष्ठ नागरिक जिल्ला संघमा घिमिरे



उदयपुर । 

जिल्ला ज्येष्ठ नागरिक संघ उदयपुरको प्रथम जिल्ला अधिवेशनले आगामी ३ वर्षे कार्यकालकालागि  खिलानाथ घिमिरेलाई सर्वसम्मत रुपले चयन गरेको छ ।

शुक्रबार उदयपुरको त्रियुगा नगरपालिका वडा नं १०को वडा कार्यालयको सभा हलमा आयोजित प्रथम जिल्ला अधिवेशनको उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले उद्घाटन गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रजिअ घिमिरेले अहिलेका पुस्ताकालागि जेष्ठनागरिक हजुर बा हजुरआमा  हुन र उनीहरुले आफ्ना नाति नातिनालाई दिएको शिक्षा इतिहासको शिक्षा हुने भएकोले हामी सबैले जेष्ठनागरिकहरुको सम्मान गर्नु पर्ने बताए।

प्रजिअ घिमिरेले भोलिकोलागि हामीले आज ज्येष्ठ नागरिकबाट धेरै राम्रा कुराहरु सिक्न सकिने भएकोले ज्येष्ठ नागरिक हाम्रालागि गुरु हुन र उनीहरुले देखाएको असल बाटोमा लाग्न प्रेरित हुनु पर्ने बताए ।

ज्येष्ठ नागरिक जिल्ला संघका तदर्थ समितिका अध्यक्ष खिला घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन  संस्थाका  सचिव हिरामान मोतेले गरेको थिए ।

उक्त कार्यक्रममा जमुना राउत, कटारी नगरपालिकाका मोहन बहादुर खड्का लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए भने ज्येष्ठ ागरिकहरुले नाचगान गरेर रमाइलो समेत गरेका थिए ।

सो संस्थाको प्रथम जिल्ला अधिवेशनले खिलानाथ घिमिरेको अध्यक्षतामा उपाध्यक्ष मोहन कुमार खड्का, सचिवमा शशि कुमार राई, सहसचिवमा  राम बहादुर मोक्तान, कोषध्यक्षमा सीता बस्नेत,सदस्यहरुमा योग्यश्वर घिमिरे, विष्णु प्रसाद दाहाल र दिव्यराज कार्की चयन भएका छन् । नौ सदस्यीय कार्य समितिमा एक सदस्य पछि कार्यसमितिको बैठकले मनोनीत गर्ने गरी रिक्त  राखिएको छ।

प्रतिक्रिया दिनुहोस्