नेपाल समचारपत्रकर्मी बम सम्मानित



मुगु।

नेपाल पत्रकार महासंघ मुगु शाखाको सातौँ जिल्ला अधिवेशन तथा १३ औं साधारण सभाको अवसरमा जिल्ला स्थित क्रियाशील ३ जना पत्रकार सम्मानित भएका छन् ।

आयोजित पत्रकार महासंघ मुगु शाखाको सातौँ जिल्ला अधिवेशन तथा १३ औं साधारण सभाको उद्घाटन तथा समापन कार्यक्रम सँगै लामो समय हिमाली जिल्ला मुगुमा रही कलम चलाउँदै आएका नयाँ पत्रिकाका जिल्ला सम्वाददाता, नेपाल समाचार पत्रका वीर बहादुर बमलाई ,अच्युत राज भण्डारी र न्युज २४ का जिल्ला सम्वाददाता दान बहादुर बुढा सम्मान गरिएको हो ।

लामो समयदेखि जिल्लामा रही पत्रकारिता क्षेत्रमा कलम चलाउँदै सत्य, तथ्य, निष्पक्ष र खोजमूलक पत्रकारिता गर्दै समाज रूपान्तरणमा उल्लेखनीय योगदान पुगाउदै आएका र जिल्ला शाखाको हित हुने काममा सधैँ सहयोग गरेको भन्दै तिन जनालाई सम्मान गरिएको पत्रकार महा सङ्घ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताए ।

उनले कार्यक्रमलाई समापन गर्दै अझै जिल्लामा रही समग्र जिल्लाको हित हुने गरी र आवाज विहीनहरूको आवाज बनेर थप कलम चलाउन उपस्थित सबै संचारकर्मिलाइ सुझाव समेत दिए ।

मल्लले पत्रकारिता एउटा समाजको ऐना भएको र आफूले लामो समय जिल्लामा रही कलम चलाउँदै गर्दाका अनेक अनुभव सुनाउँदै नयाँ आउने सदस्यहरूलाई निष्पक्ष, खोजमूलक, पक्षपातरहित र समाजलाई रुपान्तरण गर्ने खालका समाचार सम्प्रेषण गर्न समेत सल्लाह दिए ।
उक्त कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनिधि विमल हमालले कविता मार्फत आफ्नो पत्रकारिताको पुरानो अनुभव सेयर गर्दै कुनैबेला समाचार एउटा हुलाकबाट पठाएर जिल्लामा ४/५ जनाले सुरु गरेको पत्रकारिता र आज नेट ईन्टरनेटको नयाँ प्रविधि सम्म पुग्दा जिल्ला शाखामा ३३ जना सदस्य पुग्दा आफूलाई खुसी लागेको बताए ।

जिल्ला समन्वय समितिको सभा हलमा आयोजित उक्त समारोहमा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख, छायानाथ रारा नगरपालिकाका प्रमुख, सोरु गाउँपालिकाका कार्यवाहक प्रमुख, जिल्ला स्थित विभिन्न राज्नैतिक दलका प्रमुख तथा प्रतिनिधि,निम्ति प्रमुख जिल्ला अधिकारी, तिनै निकायका सुरक्षा प्रमुख, शिक्षक महासंघका प्रमुख , कर्मचारी आधिकारिक ट्रेड युनियन प्रमुख, उद्योग वाणिज्य सङ्घ प्रमुख,विभिन्न सरकारी तथा गैह्र सरकारी सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक अगुवा र पत्रकार महासंघ मुगु शाखामा आबद्ध पदाधिकारी तथा सदस्यहरु अन्य जिल्लामा क्रियाशील पत्रकारहरु लगायत विभिन्न सरोकार वाला निकाय तथा व्यक्तित्वको उपस्थित रहेको थियो ।

सातौँ जिल्ला अधिवेशन तथा १३ औ साधारण सभामा संस्थापक अध्यक्ष विनोद कुमार मल्ल र शाखाका पूर्व अध्यक्ष स्वर्गीय सुमन मल्लको नामबाट क्रियाशील पत्रकारिता पुरस्कारको घोषणा गरिएको  छ । र आउदा दिनहरूमा जिल्लामा क्रियाशील पत्रकारहरु मध्यबाट समावेशीलाई आधार मान्दै शाखाको जिल्ला अधिवेशनको बेला २ जना पत्रकारलाई पुरस्कृत गरिने समेत बताइएको छ ।

पुरस्कार रकम जुटाउन र पुरस्कृत पत्रकार छनौट गर्न शाखाले कार्यविधि बनाइ कार्य अगाडि बढाउनेछ । संकलित रकमलाई एउटा अक्षयकोष स्थापना गरेर त्यसैमा जम्मा भएको रकमबाट आएको व्याजबाट पत्रकारलाई पुरस्कृत गरिने र यो कोष कम्तीमा ५ लाखको बनाइने लक्ष्य मुगु शाखाका लिएको अध्यक्ष नृपेन्द्र बहादुर मल्लले जनाए ।

उद्घाटन सत्रपछी सुरु भएको शाखाको बन्द सत्रमा सचिव जीवन सेजुवालले प्रस्तुत गर्नु भएको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष सुकमाया शाहीले पेस गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्