मनिताले एसियन जुडोमा खेल्ने


काठमाडौं ।

नेपालकी मनिता श्रेष्ठ प्रधानले एसियन जुडो च्याम्पियनसिपमा सहभागता जनाउने भएकी छन् ।

एसियन जुडो च्याम्पियन्सीपमा आगामी वैशाख ८ देखि ११ गतेसम्म हङकङमा हुँदैछ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ तथा नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष वज्राचार्यले सो प्रतियोगितामा खेल्ने जुडो टिमलाई बुधबार शुभकामनासहित विदाइ गर्नुभयो ।

अहिले नेपाल ओलम्पिक कमिटीअन्तर्गतको ओलम्पिक छात्रवृत्तिमा रहेकी मनितासँगै प्रशिक्षक देवु थापा र खेल निर्देशक सुप्रसिद्ध ताम्राकार पनि हङकङ जाने टोलीमा छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।