नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई  महिला पक्राउ 



काठमाडौँ। 

नाबालिकालाई विभिन्न प्रलोभनमा  पारी  वेश्यावृत्तिमा लगाउने दुई महिला पक्राउ परेका छन्।  पक्राउ पर्नेमा झापाको   झापा गाउँपालिका वडा नं.१ स्थायी घर भई  का.जि.का.म.न.पा.वडा नं.७ चाबहिलमा फ्रेण्डसिप ब्युटी एन्ड स्पा सञ्चालन गरी बस्ने ३४ वर्षिया  पुजा लोवा र जिल्ला चितवन बिरेन्द्रनगर गा.बि.स.वडा नं.१ स्थायी वतन भई हाल का.जि.का.म.न.पा.वडा नं.७ गंगाहिटी बस्ने  ४३ वर्षिया  पुजा मगर भन्ने ओम कुमारी पुन रहेका छन्।

उनीहरुले पीडित नाबालिका (२६ बबरमहल (२८२) लाई पूर्वी नवलपरासी स्थितको एक रेस्टुरेन्ट तथा काठमाण्डौको चाबहिलमा रहेको फ्रेण्डसिप ब्युटी एन्ड स्पामा ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान व्युरोबाट खटिएको प्रहरी टोलिले  का.म.न.पा वडा नं.७ चावहिल तथा पुजा मगर भन्ने ओम कुमारी पुनलाई का.म.न.पा वडा नं.३० ज्ञानेश्वरबाट आइतबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार   पीडित बालिकालाई उद्दार गरी हाल सुरक्षित आवासमा राखिएको छ।

 अभियुक्तहरुले आर्थिक अवस्था कमजोर भएकी नाबालिकालाई रेस्टुरेन्ट तथा स्पा लगाएतका स्थानहरुमा आकर्षक तलब सुविधा हुने काममा लगाइदिने प्रलोभन दिएको,शुरुमा नाबालिकालाई वेटरको काममा लगाइदिने भनी  ओम कुमारी पुनले पूर्वी नवलपरासी स्थितको एक रेस्टुरेन्टमा पठाई रेस्टुरेन्ट सञ्चालक द्वारा ललाई फकाई तथा धाक धम्की दिई वेश्यावृत्तिमा लगाएको,तत्पश्चात् निज नाबालिकालाई जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं.७ चाबहिलमा रहेको फ्रेण्डसिप ब्युटी एन्ड स्पामा नवलपरासीबाट  ल्याई काममा लगाएको पाइएको प्रहरीले जनाएको छ।

उक्त घटनामा  संलग्न अन्य अभियुक्तहरूको खोजतलास तथा थप अनुसन्धान  जारी रहेको  प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्