सेतीको १ सय ५० मिटर गहिरो खोँचबाट सशस्त्र प्रहरीले निकाल्यो युवकको शव



कास्की ।

यही वैशाख १ गतेबाट हराइरहेका एक युवकको शव सशस्त्र प्रहरी बलकोे गोताखोर टोलीले सेती नदिको १ सय ५० मिटर गहिराईमा ढुंङ्गामा अड्किएको अवस्थामा सोमबार दिउँसो निकालेको छ ।

कास्कीको  माछापुच्छ्रे गाउँपालिका–१ करुवा बस्ने २५ बर्षका जगत पुन वैशाख १ गतेदेखि हराएको र सेतीको खोँचमा अड्किएको देखेपछि स्थानीयले सशस्त्र प्रहरी बल नेपालको पोखरास्थित  नं. २४ कालिका गणलाई खबर गरेका थिए ।

खबर पाएलगत्तै  खटिएको गोताखोरले सेती नदिको १ सय ५० मिटर गहिरो खोँचबाट पुनको शव निकालेर पोष्टमार्टमको लागि मणिपाल शिक्षण अस्पताल पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्