भेरी नदीमा बेपत्ता भएका  युवकको शव भेटियो 



रुकुम पश्चिम। 

जिल्लाको चौरजहारी नगरपालिका –३ स्थित भेरी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले आइतबार  फेला पारेको छ ।
जाजरकोट जिल्लाको शिवालय गाउँपालिका –३ सिमा बस्ने २४ वर्षीय कमल बुढा गत चैत ३० गते उक्त नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

घटनाबारे जानकारी पाएलगत्तै  सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ४ जना गोताखोरसहित आश्रित गुल्म जाजरकोटबाट १३ जनाको सुरक्षा फौज खोजिकार्यको लागि खटिएको थियो । गोताखोर टोलीले  आइतबार  दिउँसो २ बजे डुबेको ठाउँबाट अन्दाजी ५० मिटर तलबाट उनको शव बाहिर निकालेको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सहायक प्रवक्ता   शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्