प्रदेशकै उत्कृष्ट उदयपुर अस्पतालमा समस्या र चुनौतीका चाङ



उदयपुर ।

कोशी प्रदेशका १४ जिल्लाका जिल्ला अस्पताल मध्ये सबैभन्दा उत्कृष्ट अस्पतालका रुपमा प्रमाण पत्र पाएको उदयपुर जिल्ला अस्पतालमा यतिबेला विभिन्न समस्याका र चुनौतीका चाङ लागेका छन् ।

प्रदेश सरकार मातहत रहेर सञ्चालन भैरहेको उदयपुर जिल्ला अस्पतालमा विगतको तुलनामा निकै राम्रो सेवा बिरामीहरुलाई दिइएको भए पनि अहिले प्रदेश सरकारले उपलब्ध गराउनु पर्ने आर्थिक व्ययभार प्राप्त नभएका कारण र १० वर्ष मुनिका बालकालिकालाई निःशुल्क उपचार गर्दा विशेषज्ञ सेवा दिए बापतको विशेषज्ञ डाक्टरलाई उपलब्ध गराउनु पर्ने सुविधा नै रोकिइएको छ । जसका कारण यहाँ कार्यरत बालरोग विशेषज्ञ डा.नीरज कुमार सिंहले राजीनामा दिएर हिँड्नु परेको छ ।

उदयपुर जिल्ला अस्पतालका व्यवस्थापन अधिकृत जय प्रकाश चौधरीका अनुसार कोशी प्रदेश सरकारले १० वर्ष मुनिका बाबालिकाको उपचार निःशुल्क गर्ने भनेको तर डा. नीरज कुमार सिंहले राजीनामा दिएर अन्यत्र गएपछि विशेषज्ञ चिकित्कीय सेवा नै प्रभावित भएको हुँदा स्वास्थ्य मन्त्रालयसँग विशेषज्ञ चिकित्सक माग गरेको तर हालसम्म नपठाउँदा उपचारमा बाधा भएको छ ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवामा हाल १ जना मात्र रहेकोले दैनिम ओ.पि.डी सेवा तथा प्रसूति विभाग सञ्चालनमा समस्या भएकोले थप एकजना माग गरिएको र अक्सिजन प्लान्टको क्षमता बढाउनु पर्नेमा आर्थिक अभाव भएको चौधरीले बताए ।

अस्पतालमा निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.मुकेश कुमार झाले छात्रवृत्ति करारमा रहेका मेडिकल अधिकृतहरु ८ जनाको करार सम्झौता सकिएको हुनाले ओपिडी, आकस्मिक उपचार सेवा लगायतका विभिन्न वार्डहरुमा ड्युटी गरे बापतको एमओले हप्तामा सय घण्टा सेवा दिइरहेको र अस्पताल व्यवस्थापन समितिलाई भार थाम्न गाह्रो परेकोले त्यसको व्यवस्थापनकालागि कम्तीमा ४ जना मेडिकल अधिकृत आवश्यक रहेको बताए ।

अस्पतालमा सञ्चालनमा रहेको हेमोडायलासिस सेवा ३ सिफ्ट चलाउनु पर्नेमा १ सफ्टमात्र चलाउनु परेको,प्रसूति भवनको निर्माण पुरा नभएकोले बजेटको आवश्यकता रहेको,पानी ट्रिटमेन्ट प्लान्ट जडान आवश्यक रहेको र प्रदेश सरकारले दिंदै आएको विशेषज्ञ चिकित्सक भत्ता आवश्यक भएको निमित्त मे.सु डा. झाले बताए ।

अस्पतालका  अन्य समस्याहरुमा बिरामी करुवा घर कपडा धुने मेसिन, क्यान्टिन लगायतको अभाव भएकोले सो व्यवस्थापन गर्नु पर्ने, अस्पतालमा सेवाग्राहहिरुको चाँप  अत्यधिक रहेकोले नयाँ युएसजी मेसिन,  २०० केभिएको नयाँ जेनरेटर र यस आर्थिक वर्षमा २ जा मेडिकल अधिकृत,१ जना फिजियोथेरापिष्ट,१ जना वायोमेडिकल इन्जिनियरको रकम उपलब्ध हुनु पर्नेमा सो रकम फुकुवा नभएको हुँदा आर्थिक समस्या भएको अस्पताल व्यवस्थापक चौधरीले बताएका छन् ।

अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम निरन्तर सञ्चालन गर्दे आएकोमा गएको भदौ महिनादेखि हालसम्म बिमा बोर्डले रकम उपलब्ध नगराएको हुँदा अस्पताल व्यवस्थापन समितिलाई थप आर्थिक भार भएकोले उक्त रकम उपलब्ध हुनु पर्ने । अस्पताल व्यवस्थापन समिति पुनर्गठन हुनु पर्ने, अस्पतालको फार्मेसी संचालकालागि ठाउँको अभाव भएको नयाँ फार्मेसी भवन निर्माणकालागि बजेट आवश्यक भएको । चिकित्सक तथा स्वास्थ्य कर्मीहरुकोलागि आवासको व्यवस्था हुनु पर्ने । अस्पतालमा हाल ५० बेड क्षमता रहेपनि बिरामीको चाँपले ८० बेड सञ्चालन भइरहेकोले बिरामीलाई भुँइमा सुताएर उपचार गराउनु पर्ने बाध्यता रहेको । २ सय बेड क्षमताको डिपिआर तयार भएको र १ सय बेड क्षमताकोलागि सम्पूर्ण कागजात कोशी प्रदेश सरकारमा बुझाएको हुनाले १०० बेडको स्वीकृति भै आवश्यक बजेट व्यवस्थापनकालागि प्रदेश सरकार समक्ष अनुरोध गरिएको निमित्त मे.सु.झाले बताए ।

प्रतिक्रिया दिनुहोस्