दुईजना प्रगतिशील साहित्यकार सम्मानित, लेखक संघमा रमेश अधिकारी निर्वाचित



धादिङ ।

प्रगतिशील लेखक संघ बागमती प्रदेशले धादिङका दुईजना प्रगतिशील लेखक तथा साहित्यकारलाई सम्मान गरेको छ ।

प्रगतिशील लेखक संघ धादिङको दोस्रो जिल्ला सम्मेलनको अवसरमा बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ मलेखु निवासी उत्तम कँडेललाई सम्मान गरिएको हो ।  ‘जोखिमका पाइला’ पुस्तक लेखेर माओवादी युद्धमा आफूले भोगेका अनुभव लेखेका  कँडेल २०३२ सालमा विद्यार्थी राजनीतिमा लागेपछि  राजनीतिक आन्दोलन र सामाजिक अभियानहरुमा जनताको पक्षमा लागेका  कँडेल जिल्ला विकास समितिका पूर्व उपसभापति, नेकपा माले, नेकपा एमाले र नेकपा माओवादी केन्द्र हुँदै हाल १० वर्षदेखि पार्टी राजनीति छाडेर स्वतन्त्र बसेका छन्  । उनका श्रीमती र २ छोरीहरु छन् ।

यसैगरि प्रगतिशील लेखक संघ बागमती प्रदेशले नीलकण्ठ नगरपालिका वडा नम्बर १२ निवासी इन्द्रकुमारी ढकाललाई सम्मान गरेको छ ।

बाल्यकालमा दाजुले लेखेर फालेको कापी हेरेर चित्त बुझाएका  ढकाल अनुभवका विश्वविद्यालय सरह भएका ढकालले अँध्यारोभित्रको दियो कविता सङ्ग्रह प्रकाशन गरेका छन्  । अनौपचारिक शिक्षाबाट चेतना छरेको र आफ्ना अनुभव र भोगाइहरु कविता मार्फत प्रस्तुत गर्नुभएकोले सम्मान गरिएको सो अवसरमा आयोजकको तर्फबाट सिर्जना अर्यालले बताइन् ।

प्रगतिशील लेखक संघ बागमती प्रदेशका अध्यक्ष डा. हरी सिलवाल र उपाध्यक्ष बैरागी जेठाले सम्मानित व्यक्तित्वहरुलाई सम्मानपत्र प्रदान गरे ।

जिल्ला सम्मेलनले आगामी तीन वर्षका लागि प्रगतिशील लेखक संघ धादिङको अध्यक्षमा रमेश अधिकारीलाई सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित गरेको छ । सम्मेलनले उपाध्यक्षमा सीताराम कोइराला, सचिवमा लालकाजी श्रेष्ठ, कोषाध्यक्षमा इन्द्रकुमारी ढकाल, उपसचिवमा माधव गुरुङ र सदस्यहरुमा सिर्जना अधिकारी, गायत्री खतिवडा, उदय सामरी, बद्री अधिकारीलाई निर्वाचित गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि डा. सिलवालले वामपन्थी शक्ति एक बनाउने अभियानमा लाग्नु पर्ने र प्रगतिशील लेख संघले यसतर्फ माग  गर्ने बताए । समाज विकास र प्रगतिका लागि निरन्तर लागिरहने प्रगतिशील लेखकहरु मुठ्ठीभरका सामन्ती चिन्तनलाई प्रगतिशील आवाज र लेखले परास्त गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्