बिल विनाको अवैध सामान बरामद



 उदयपुर ।
जिल्ला प्रहरी कार्यालय मातहतको अस्थायी प्रहरी पोस्ट बगाहाले बिल विनाका अवैध व्यापारिक प्रयोजनका ४ लाख ६१ हजार १सय २५ रुपैयाँ  मूल्यका  सामानहरु पक्राउ गरी आवश्यक कार्वाहीकालागि आन्तरिक राजस्व कार्यालय सुनसरीमा बुझाएको छ ।

जिल्ला  प्रहरी कार्यालय  उदयपुरले शुक्रबार दिएको जानकारी अनुसार जलजलेबाट गाईघाट आउँदै गरेको सार्वजनिक सवारी साधनमा चेक जाँच गर्नेक्रममा बिल तथा अन्य आवश्यक कागजात नभएको सामानहरु फेला पारेको हो ।

यसरी बरामद गरिएका सामानहरुमा चिनी ५ बोरा, बाबा तेल २२५ कार्टुन, त्रिशक्तितेल २० कार्टुन, भुजा १० बोरा, मुसुरी दाल २ बोरा, हरियो मटर २ बोरा, पान तेल १० कार्टुन रहेको र सबै सामानको हालको बजार मूल्य ४ लाख ६१ हजार १ सय २५ रुपैया रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्