स्वर्गीय पत्नीको जन्मदिनमा वृद्धाश्रमलाई सहयोग



हेटौँडा। 

आफ्नी स्वर्गीय पत्नीको जन्मदिन पारेर हेटांैडामा रहेको ओम वृद्धाश्रमलाई सहयोग प्रदान गरिएको छ । हेटौँडा–६, चौघडा निवासी समाजसेवी तथा सञ्चारकर्मी भीमसेन पौडेलले स्वर्गीय पत्नी दुर्गादेवी पौडेलको जन्मदिन पारेर वृद्धाश्रमलाई सहयोग गरेका हुन् । दुर्गादेवीको २०७७ पुस १२ गते निधन भएको थियो ।

वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुको स्याहारसुसारमा मद्दत पुगोस् भन्ने उद्देश्यसाथ सहयोग गरिएको पौडेलले बताए। पौडेल वृद्धाश्रमका आजीवन सदस्यसमेत हुन । सहयोग हस्तान्तरण कार्यक्रममा वृद्धाश्रम अध्यक्ष सिद्धिलाल श्रेष्ठ, निवर्तमान अध्यक्ष बुद्धिप्रसाद पौडेल, हेटौँडा सहकारी अध्यक्ष इन्द्रबहादुर बस्नेत, जनकल्याण सहकारी अध्यक्ष हिमाल पौडेल, आमा कृष्णकुमारी पौडेल र आफन्तजनलगायतको सहभागिता थियो ।

स्व. पौडेलको नाममा जनकल्याण सहकारीमा अक्षयकोष स्थापना गरी प्रत्येक वर्ष दलित, जनजाति तथा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिँदै आएको पौडेल परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्