लायन्स डिस्ट्रिक्ट ३२५ आई ले पूर्णता पायो



कास्की ।

 लायन्स डिस्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व पाएसँगै लायन बर्ष २०२४/२५ ले पूर्णता पाएको छ ।
“ह्युमानिटी फस्ट” को नारा सहित लायन बर्ष २०२४/२५ का लागि लायन्स डिस्ट्रिक्ट ३२५ आई नेपालको डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित विनोद ढुङ्गानाले क्याविनेट अफिर्सस एनाउन्समेन्ट कार्यक्रम सम्पन्न गरेका हुन् ।

ढुङ्गानाले बुधवार काठमांडौस्थित दियालो फुडल्याण्ड र विहिवार पोखरा ग्राण्डमा आफ्ना भावी कार्यक्रम र रणनीति र कार्यकालको स्लोगन सहित करिब ५ सय ५० सदस्यीय क्याबिनेट अफिसर्स सार्वजनिक गरे ।

गत चैत ३ गते लायन बर्ष २०२४/२५ का लागि डिस्ट्रिक्ट गभर्नर पदमा विनोद ढुंगाना, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा पार्वती खरेल पाण्डे र द्वितीय भाइस गभर्नर पदमा सूर्य कुमार केसीलाई सर्वसम्मत निर्वाचित गरेको थियो ।

निर्वाचित भए पश्चात् डिस्ट्रिक्ट गभर्नर विनोद ढुङ्गानाले लायनबर्ष २०२४/२५ मा आफ्नो क्याविनेटमा अत्यन्तै नजिक रहेर काम गर्नको लागि ५ सय ५० पदमा मनोनयन गरे । उनले डिष्ट्रिक्टको महत्वपूर्ण पद क्याविनेट सेक्रेटरीमा अमृत प्रसाद तिवारी, क्याबिनेट ट्रेजरर पवित्रराज तिवारी, डिस्ट्रिक्ट चिफ एडभाईजर शैलेन्द्र मोहन भट्टराई, डिस्ट्रिक्ट पिआरओ ईन चिफ बिष्णुप्रसाद भण्डारी, डिस्ट्रिक्ट सेक्रेटरियट एडमिनिट्रेटर हरिराज पन्त, महेश पाण्डे, डिस्ट्रिक्ट फाईनान्सियल एडमिनिट्रेटर सूर्य नारायण बराल, सन्तोष रावल लगाएत को-चिफ एडभाईजरहरूमा ऋषि गिरी, जनार्जन फुयाँल, शान्ता देवी थापा भण्डारी, अमृत शोभा खत्री, महेन्द्र कुमार राठी लगायतलाई मनोनयन गरेका थिए ।

विहिवार आगामी बर्षको क्याविनेट बिस्तार तथा जिम्मेवारी प्रति प्रतिबद्धता जनाउन आयोजित कार्यक्रममा गभर्नर ढुङ्गानाले अन्य पदहरुमा लायन्सको बिधान अनुसार क्रमश डिस्ट्रिक्ट एक्जुकेटिभ, डिस्ट्रिक्ट को–अर्डिनेटर, डिस्ट्रिक्ट काउन्सिलर, डिस्ट्रिक्ट एम्बासडर, क्लस्टर चिफ, ग्लोबल कजेज चेयरपर्सन, क्लस्टर को-चिफ, गभरनर्स प्रोग्राम चेयरपर्सन, ग्लोबल कजेज को-चेयरपर्सन, गभरनर्स प्रोग्राम को-चेयरपर्सन, ग्लोबल कजेज अफिसर, रिजन चेयरपर्सन, गभरनर्स प्रोग्राम अफिसर, जोन चेयरपर्सन, ग्लोबल कजेज मेम्बर, गभरनर्स प्रोग्राम मेम्बर र ईन्टरनेशनल रिलेसन अफिसर सहित २५ पदहरुमा मनोनीत गरे ।

डिस्ट्रिक्ट गभर्नर ढुङ्गानाले लायन बर्ष २०२४/२५ को स्लोगनको मर्म र भावना अनुसार सम्पुर्ण लायनहरुले आफुलाई समाज सेवाका लगि बिशिष्ठ खालका सामाजीक कार्यहरुमा लगाउन आग्रह गरे । बिशेष गरी आफ़नो कार्यकालमा गरिने मुख्य कार्यलाई मुख्य चार बुदाँ संक्षिप्तमा उल्लेख गर्दै ढुङ्गानाले मानवता हाम्रो प्राथमिकता मा आधारित भएर कार्य गरिने बताउदै मानविय सम्मेदनाका कार्य घर देख़ि घाटसम्म अर्थात अन्तिम संस्कारसम्म जोड़िने रहेको बताए । त्यस्तै अपाङगता हाम्रो आत्मीयता, हंगर रिलिफ़ साथै लायन्ससँग युथलाई जोड़ने रहेको जानकारी गराए । मानवताको क्षेत्रमा क्लब अध्यक्ष एवं मनोनीत पदाधिकारीहरुसँग सहयोगको प्रतिबद्धता माग गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि निवर्तमान डिस्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले गभर्नर ढुंगाना र वहाँको टिमलाई आगामी कार्यकालका लागि हातेमालो गरी सहयोग गर्न सम्पूर्ण लायन्स लिडरहरुलाई आग्रह गर्दै कार्यकाललाई उत्कृष्ट वनाउन आव्हान गरेका थिए । आई डिस्ट्रिक्ट स्थापना पश्चात् डिष्ट्रिक्टले विश्व रेक़र्ड स्थापित गरिरहेको छ । गएको बर्ष र यो बर्ष उत्कृष्ट ढंगले डिस्ट्रिक्ट अगाडी बढ़ेको छ । त्यसरी नै आउँदो बर्ष पनि यो भन्दा अझ उत्कृष्ट तरिकाले अघि बढ़नेमा विश्वस्त रहेको बताउदै लायन्सले जति समाजमा काम गरेको छ बाहिर आउँन नसकेको बताए । उनले पद ठूलो सानो हुँदैन, जे जिम्मेवारी प्राप्त भएको छ, उत्कृष्ट ढंगले कार्यसम्पादन गर्न अनुरोध गर्दै लायन्सलाई समाजले बुझ्न सक्ने गरी कार्य गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्