१२.४६ बिलियन डलर ठगी गर्ने महिलालाई मृत्युदण्डको सजाय



 हनोइ  ।

 भियतनामका एक घरजग्गा कारोबारीले १२.४६ बिलियन डलर अनियमितता गरेको पुष्टि भएको छ ।

भियतनामको सो रियल इस्टेट टाइकुन ट्रुङ माई ल्यानलाई बिहीबार ३०४ ट्रिलियन (१२.४६ बिलियन डलर) को वित्तीय ठगी गरेको पुष्टि गरेको हो ।

 सो मुद्दामा दोषी देखिए पछि उनको सो भूमिकाको लागि मृत्युदण्डको सजाय सुनाएको छ । यो सिंगो भियतनामको इतिहासको सबैभन्दा ठूलो ठगीको रूपमा हेरिएको छ ।

 उनको मुद्दाको सो ट्रायल मार्च ५ वाट सुरु भएको थियो भने योजना भन्दा पहिले समाप्त भएको छ । भ्रष्टाचार विरुद्धको अभियानको एक नाटकीय नतिजा थियो, जुन सत्तारुढ कम्युनिस्ट पार्टीका नेता न्गुएन फु ट्रोङले वर्षौंदेखि निर्मुल गर्ने बाचा गरेका थिए ।

 रियल इस्टेट विकासकर्ता भान थिन्ह फाट होल्डिङ्स ग्रुपकी अध्यक्ष लानलाई हो ची मिन्ह सिटीको व्यापारिक केन्द्रमा भएको सुनुवाइको अन्त्यमा घोटाला, घूसखोरी र बैंकिङ नियमहरूको उल्लङ्घन गरेको आरोपमा दोषी पाइएको राज्य नियन्त्रित मिडियाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्