च्याउको ‘मदर कल्चर’  केन्द्र बनाउन रेशम खेती खालि



पनौती। 

पनौतीको खोपासी स्थित रेशम विकास केन्द्रमा च्याउको पनि ‘मदर कल्चर’ उत्पादन गर्ने केन्द्र स्थापनाको प्रक्रिया अघि बढेको छ । हाल च्याउको मदर कल्चर गर्ने सरकारी निकाय छैन । विभिन्न जातका रेशम किराको मातृस्रोत संरक्षण गर्दै आएको यस केन्द्रले च्याउको मदर कल्चर स्थापनाको लागि भन्दै करिब ४० रोपनी क्षेत्रफलमा किम्बुको बिरुवा नलगाई खालि राखिएको छ ।

हाल नेपालमा च्याउको मदर कल्चर गर्ने सरकारी निकाय छैन भन्दै केन्द्रका प्रमुख कृष्ण धिताल भन्छन्– रेशम विकास केन्द्र खोपासिलाई च्याउ संग सम्बन्धित जिम्मेवार निकायको रुपमा पनि विकसित गरिने योजना अघि बढाइएको छ । रेशम खेतीको तालुक अड्डा व्यवसायीक विड विकास केन्द्रले रेशम, च्याउ र मौरीको क्षेत्रमा काम गर्ने बताउँदै प्रमुख  धितालले  च्याउको मदर कल्चर उत्पाद केन्द्र स्थापनार्थ भौतीक संरचना निर्माणको लागि ५ करोड रुपौया बजेट माग गरिएको बताएका छन् ।

 हाल च्याउको मदर कल्चर विदेश बाट आइरहेको भन्दै केन्द्रका प्रमुख धितालले  सरकारी स्तरबाट  विउ  उत्पादन गरि किसानलाई दिने उद्देश्यले च्याउको मदर कल्चर उत्पादन केन्द्र स्थापना गर्न लागिएको पनि बताए ।  खोपा सी स्थित रेशम विकास केन्द्रमा हाल ३५ जातका रेशम किराको मातृस्रोत संरक्षण गर्दै त्यसबाट हाइब्रिट रेशम किरा निकाल्दै  आएको छ । रेशम किराको ३५ जात मध्य किसानले पाल्ने  भने सि१ र जे१ जात मात्र छ । साथै यहा रेशम किराको मुख्य आहारा किम्बुको २२ जातलाई पनि संरक्षण गरिएको छ । पहिला खोपासिमा रेशमको मातृस्रोत जापान कोरिया लगायत विभिन्न देशबाट ल्याइएको थियो ।

 रेशम खेतीको लागि खोपासिमा १ सय ३६ रोपनी जग्गा छ । जसमध्ये करिब ५० रोपनी क्षेत्रफलमा किम्बु खेती गरिएको छ । करिब २२ रोपनी क्षेत्रफलमा रेशम किरा उत्पादन कार्यालय प्रयोजन लगायत विभिन्न कामका लागि भौतिक संरचना निर्माण भएको छ भने करिब ४० रोपनी क्षेत्रफल च्याउको मदर कल्चर उत्पादन केन्द्रको लागि खालि राखिएको प्रमुख धितालले जानकारी दिए ।

रेशमखेती प्रति किसानहरु भने त्यति आकर्षित हुन सकेका छैनन् । किसानहरुले पहिला दाप्चा र मण्डनमा रेशमखेति गरेपनि अहिले काभ्रेमा किसानहरुले रेशम खेती गरेका छैनन । रेशम खेती भन्दा छिटो अन्य खेतीबाट आम्दानी हुने भएकोले पनि किसानहरु रेशम खेती प्रति आकर्षित हुन नसकेको बताइन्छ । रेशम धागो बाट उत्पादित कपडा सर्वोकृष्ट मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्