एउटा सपनाको अवसान अब वेब सिरिजमा



काठमाडौं ।

गत वर्ष मण्डला नाटकघरमा मञ्चन भएको नाटक एउटा सपनाको अवसान अब वेब सिरिजको रूपमा आउने भएको छ।

महिना दिनसम्म हाउसफुल रहेको नाटक कान्तिपुर सिनेमाजमा नयाँ वर्षदेखि वेब सिरिजका रूपमा आउने भएको हो। यसको निर्माण कम्पनी गोविन प्रोडक्सन र पौराणिक पिक्चर्सले सिरिजको पोस्टर सार्वजनिक गर्दै नाटकलाई नयाँ दर्शकमाझ लैजाने प्रयासस्वरुप ओटीटीमा रिलिज गर्न लागिएको जनाएको छ।

सार्वजनिक पोस्टरमा नाटकका मुख्य कलाकार दीया मास्के, मेनुका प्रधान, दिव्य देव, विकास जोशी, शेखर चापागाईं प्रस्तुत छन्। नाटकका निर्माता गोविन्द पराजुलीले नयाँ दर्शकको खोजी गर्ने क्रममा नयाँ माध्यममा आउने निर्णय गरेको जनाए।

लोकप्रिय नाटक निर्देशक अनुप बरालले निर्देशन गरेको नाटकले आर्थिकमन्दीमा फसेको एक परिवारको कथा प्रस्तुत गर्छ। एक महिनासम्म चलेर ६ हजार दर्शकले प्रत्यक्ष हेरेको यस नाटकमा दिया मास्के, दिव्य देव, मेनुका प्रधान, रोय, विकाश जोशी, शेखर चापागाईंलगायतले मुख्य भूमिकामा अभिनय गरेका छन्।

नाटकमा न्ह्यू वर्जाचार्यको संगीत संयोजन, विप्लव प्रतिकको ट्रान्सक्रियसन र गीत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्