काठमाडौँ उपत्यकालाई नेपा: मण्डल घोषणा गर्न जनप्रदर्शन गरिने

2.91k
Shares

काठमाडौँ।

बागमती प्रदेशको नाम परिवर्तन गरी नेपाः मण्डल राख्न जनप्रदर्शन गरिने भएको छ । बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको लागि वागमतीको नाम खारेजी तथा काठमाडौँ उपत्यकालाई नेपाः मण्डल घोषणा गर्न यस्तो दबाबमूलक कार्यक्रम गर्न लागिएको स्वनिग बिशेष व्युरो तथा नेवाः राष्ट्रिय परिषद्ले जनाएको छ ।

दुई संस्थाको आयोजनामा चैत्र २४ गते  शनिवार बिहान ११ बजे वसन्तपुरबाट बृहत् जनप्रदर्शनसहित र्यालिको आयोजना गरिने जनाइएको छ ।

र्यालिमा मधेसी, तामाङ, च्योबाङ, गुरूङ, राई, बाहुन, क्षेत्री, थारू, लिम्बू, शेर्पा, कुसुन्डालगायत नेपालमा रहेका सम्पूर्ण जातिको सहभागिता रहने र विभिन्न जातिको भेषभुषा, झाँकी, लाखे, बाजासहित प्रदर्शन हुने  परिषद्का संयोजक सुमन सायमी र ब्युरोका संयोजक रवीन्द्र श्रेष्ठले जानकारी दिए।

Skip This