‘मिसेस डिभा नेपाल–२०२४’ को उपाधि गुरुङलाई 

2.82k
Shares

काठमाडौँ। 

‘मिसेस डिभा नेपाल–२०२४’ को उपाधि कपनकी सन्तु लामा गुरुङ जितेकी छन् । राजधानीको म्युजिक सिटी स्टुडियोमा सोमबार सम्पन्न प्रतियोगिताको विद्या केसी खड्का फस्ट रनर अप तथा पवित्रा श्रेष्ठ सेकेन्ड रनर अप भए ।

कार्यक्रमको नृत्य, क्याटवाक तथा सम्पूर्ण तीन साताको प्रशिक्षण चर्चित फेशन कोरियोग्राफर हिमानी सुब्वाको कोरियोग्राफीमा सम्पन्न भाएको थियो । कार्यक्रमको मध्यान्तरमा कोरियोग्राफर सुब्वा आफैं समेत स्टेजमा आकर्षक पहिरनमा उत्रेकी थिइन् ।

कार्यक्रममा विविध सबटाइटल अर्वाडहरु समेत वितरण गरिएको थियो । जसमा बिजेता सन्तु लामा गुरुङले मोस्ट डिलिजेन्ट एवं मोस्ट पपुलर, फस्ट रनरअप विद्या केसी खडकाले मोस्ट एक्टीभ, सेकेन्ड रनर अप पवित्रा श्रेष्ठले बेस्ट फोटोजेनिक, वेस्ट ट्यालेन्ट तथा पव्लिक भिडियो च्वाइस अवार्ड जितेका थिए ।

त्यस्तैगरी बिष्णु सर्तुरे मोस्ट स्मार्ट, उर्मिला थापा बेस्ट पर्सनालिटी, राजकुमारी राउत बेस्ट डिसीप्लीन, उर्वशी श्रेष्ठ वेस्ट कम्प्लेक्सन, कृतिका बुढाथोकी मोस्ट कन्फिडेन्ट र रोजी ब्लोनले मोस्ट चार्मिङ अवार्ड जित्न सफल भएका थिए ।

 

विवाहित महिलाहरुको सौन्दर्य निखार्ने उद्देश्यले आयोजित प्रतियोगिताको निर्णयकमा अभिनेता सिमान्त उदास, नायक तथा इभेन्टकर्मी एस राज गराच, कस्मेटोलोजिस्ट तथा सौन्दर्यकर्मी डा. रेखा थापा, मिसेस मंगोल नेपाल २०२२ सम्झना तामाङ तथा मिसेस नेपाल आइडल २०२४ निशु काफ्ले रहेका थिए ।

कार्यक्रमको सञ्चालन रोजिन शाक्यले गरेका थिए ।

Skip This