लुम्बिनी महोत्सवमा म्याराथन हुने



काठमाडौँ । 

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवमा म्याराथन हुने भएको छ ।

आगामी चैत २३ मा हुन लागेको लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवमा म्याराथन हुन लागेको शुक्रबार एक पत्रकार सम्मेलनमार्फत गराइएको हो । नेपालस्थित चिनिया दूतावास, लुम्बिनी विकास ट्रस्ट, नेपाल ओलम्पिक संघ र  लुम्विनी प्रदेश खेलकुद परिषद्को सहयोग तथा नेपाल नेपाल पर्यटन बोर्ड, ओभरसीज चिनिया संघ (एनओसीए), लुम्बिनीस्थित झोङ हुवा मठ र लुम्बिनी होटल संघको संयुक्त आयोजनामा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुन लागेको हो । महोत्सव लुम्बिनीमा दुई दिनसम्म चल्नेछ ।

महोत्सवमा तीन कार्यक्रमहरु हुनेछन् । जसमा विश्व शान्ति र सांस्कृतिक पर्यटकीय स्थल लुम्बिनीको प्रचार गर्ने लक्ष्यका साथ लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन, लुम्बिनी अन्तर्राष्ट्रिय मेडिटेसन डे र लुम्बिनी शान्ति कन्सर्ट समावेश छ । आयोजकले यी कार्यक्रमबाट लुम्बिनीको सद्भावना बढ्ने र नेपाल चीनबीचको सम्बन्धलाई बलियो बनाउने विश्वास लिएको छ ।

म्याराथनमा शीर्ष १० भित्र पर्ने खेलाडीलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । त्यस्तै, हाफ म्यारथनमा शीर्ष तीनमा रहने महिला र विद्यार्थीलाई छ्ट्टै पुरस्कारको व्यवस्था गरिएको छ । साधारण जनता, एक पुरुष र महिलालाई पनि पुरस्कारको व्यवस्था गरेको आयोजकले पुरस्कार राशीमा मात्र १९ लाख खर्च गरेको जानकारी गराएको छ । कन्सर्टमा विश्व प्रख्यात नेपाली गायिका आनि छोइङ डोल्माको प्रस्तुति रहनेछ । उनी बाहेक चिनियाँ गायक र गीतकारहरुले पनि कार्यक्रममा प्रस्तुति दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्