पहिलो हुनेले सलुटो यामाहा मोटरसाइकल प्राप्त गर्ने



काठमाडौँ।

नवौं राष्ट्रिय खुल्ला गणेशमान सिंह स्मृति बुद्धिचाल प्रतियोगिता आगामी वर्ष बैशाख १४ देखि १९ गतेसम्म हुने भएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालन हुने प्रतियोगिताका विजेताले एमएडब्लू ईन्टरप्राइजेज प्रा.लि.को उत्पादन सलुटो यामाहा मोटरसाइकल प्राप्त गर्नेछन् ।

यसैगरी उपविजेताले रु. ८० हजार, तेश्रो हुनेले रु. ५० हजार र चौथो हुनेले ३० हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा ३४ जना राष्ट्रिय शीर्षस्थ खेलाडीले सर्वाधिक पुरस्कार नगद राशी. ६ लाख ५३ हजार ९ सय हात पार्नेछन् । लौह पुरुषको नामवाट सञ्चालन हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइने संयोजक राजु ताम्राकारले जानकारी गराएका छन् ।

सात चरणको लिग खेलपश्चात शीर्ष चार खेलाडी सुपर नकआउटमा प्रवेश गर्नेछन् भने बाकी खेलाडी लिगको पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । सुपर लिगमा पहिलो हुनेले नगद २५ हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार, चौथोले ८ हजार, पाँचौले ७ हजार, छैटौं देखि दशौं हुने ६÷६ हजार, एघारौं देखि पन्ध्रौं हुनेले जनही ५ हजार ५ सय र सोह्र देखि बिसौं स्थानमा रहनेले जनही ५÷५ हजार प्राप्त गर्नेछन् ।

त्यसैगरी, महिलातर्फ प्रथम हुनेले रु. १० हजार, द्वितीयले ८ हजार, तृतीयले ७ हजार, चौथोले ६ हजार र पाँचौले ५ हजार नगद प्राप्त गर्नेछन् । साथसाथै उत्कृष्ट भेट्रान, उत्कृष्ट रेटड विलो १८००, २०००, उत्कृष्ट युवा १९, उत्कृष्ट स्थानीय खेलाडीले समान ५÷५ हजार पाउने छन् भने उत्कृष्ट अनरेटेड पहलोले ७ हजार र दोस्रोले ५ हजार नगद प्राप्त गर्नेछन् ।

नेपाली काँग्रेस केन्द्रीय पार्टी कार्यालय, सानेपामा सञ्चालन हुने प्रतियोगितामा एफएम (फिडे मास्टर), एएफएम (एरेना फिडे मास्टर), एआईएम (एरेना इन्टरनेसनल मास्टर), सीएम (क्यान्डिटेड मास्टर), एसीएम ( एरेना क्यान्डिटेड मास्टर), डब्लूएफएम (वोमेन फिडे मास्टर), वर्तमान नेपाल च्याम्पियन, पूर्व नेपाल च्याम्पियनहरु, महिला नेपाल च्याम्पियनलगायत नेपाली शीर्ष रेटेड खेलाडी र नयाँ गरी २०० जना खेलाडीको सहभागीता रहने ताम्राकारले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्