नेपालले आज राति बहराइनसँग खेल्दै



काठमाडौँ।

नेपाली राष्ट्रिय फुटबल टोलीले आज राति नेपाली समयअनुसार १२ः४५ बजे बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत यो नेपालको अवे खेल हो ।

नेपाल र बहराइनबीचको यो दोस्रो लेग खेल पनि हो । दशरथ रंगशालाको मैदान खेल्न उपयुक्त नभएपछि दुवै लेग बहराइनमा हुँदैछ । नेपाल पहिलो लेग खेलमा ५–० ले पराजित भएको थियो ।

समूह ‘एच’ मा ३ खेल खेलिसकेको नेपाल अंकविहीन छ । समूहमा नेपाल, बहराइनसहित यमन र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । नेपालले यसअघि यूएईसँग ४–० र यमनसँग २–० ले पराजय बेहोरेको थियो ।

अंकतालिकामा यूएई शीर्ष स्थानमा रहेको छ । बहराइन ६ अंकसहित दोस्रो स्थानमा छ भने यमन ३ अंकसहित तेस्रो स्थानमा छ ।

नेपाली फुटबल टोली

गोलकिपर – किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार

डिफेन्डर – अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), सुमित श्रेष्ठ
मिडफिल्डर – भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई
फरवार्ड – अन्जन विष्ट, दीनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ, सन्जिव विष्ट, जिलेस्पी जंग कार्की

प्रतिक्रिया दिनुहोस्