फागुका लागि आनन्दको गीत



काठमाडौं ।

ख्यातिप्राप्त गायक आनन्द कार्कीले आज रंगहरूको पर्व फागुमा रम्नका लागि फागु गीत आयो रे होली सार्वजिनक गरेका छन्।

गायक कार्कीको स्वर रहेको गीतमा सिद्धान्त खड््काको शब्द र कम्पोज रहेको छ भने अर्जुन कटुवालको संगीत र प्रोडक्सन रहेको छ।

होली रे आयो होली रे
रंगियो पल हाम्रै लागि हो।
रंगियो साथ हाम्रै लागि हो
कोही आइ लगाइदेऊ रंग
आयो रे होली रंग लिएर
सातै रंगले खुसी बोकेर

यसरी फागुको माहोललाई थप रमाइलो बनाउने शब्दसहितको गीतमा होलीको माहोल झल्काउने आकर्षक भिडियो निर्माणसमेत गरिएको छ।

भिडियोमा गायक कार्की स्वयं होलीको मस्ती मुडमा देखिन्छन् भने कलाकारहरू विजय दोङ र सत्यकला लामाले अभिनय गरेका छन्। भिडियोमा रश्मिला तामाङ, सुगुन तामाङ र शर्मिला तामाङ स्पेसङले पनि अभिनय गरेका छन्।

विजय दोङको निर्देशन र सुविन चौहानको कोरियोग्राफी रहेको भिडियोमा जितु तामाङको छायाकंन र सम्पादन रहेको छ। आनन्द कार्की युट्युब च्यानलबाट सार्वजनिक सो भिडियोलाई दर्शकले अत्यधिक रुचाएका छन्।

प्रतिक्रिया दिनुहोस्