यस सिजनको आईपीएल नयाँ ढाँचामा



काठमाडौं ।

यस पटकको इण्डियन प्रिमियर लिग (आईपीएल) १७ औं संस्करण हो। आईपीएलको यो नयाँ सिजन मार्च २२ देखि यानी नेपाली मितिअनुसार चैत ९ गतेदेखि शुरु हुँदैछ।

यसमा १० टोलीको सहभागिता छन् र अहिले यसलाई नयाँ ढाँचामा खेलाइनेछ। यसअघि १६ औं संस्करणसम्म सहभागि टोलीलाई एउटै समूहमा राखेर खेलाइने गरेको थियो ।

हालको नयाँ ढाँचा अनुसार सहभागिता १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा मुम्बई इन्डियन्स, राजस्थान रोयल्स, कोलकाता नाइट राइडर्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्टस् रहेका छन् । समूह बी मा सनराइजर्स हैदराबाद, गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलोर, पञ्जाब किंग्स र चेन्नाई सुपर किंग्स रहेका छन् ।

यसमा आफ्नो समूहमा एक अर्काे टोलीले एक चोटी मात्रै खेल्ने हुँदा एक टोलीले चार खेल खेल्नेछ । तर, एक समूहको टोलीले अर्को समूहको टोलीसँग होम र अवे गरी दुई–दुई खेल खेल्नेछ । यसअनुसार एक टोलीले १४ खेल खेल्नेछ भने समूह चरणमा कूल ७० खेल हुनेछ ।

तर, अंकतालिका भने एउटै हुनेछ र त्यसैमा शीर्ष चार टोली छनोट हुनेछन्। शीर्ष चारमा पहिलो र दोस्रो हुने टोलीले सीधै फाइनलको लागि प्लेअफ खेल्नेछ । जितेको टोली फाइनल पु्ग्नेछ भने हारेको टोलीको एक अवसर हुनेछ।

यसपछि तेस्रो र चौथो टोलीबीच पहिलो एलिमिनेटेड खेल हुनेछ। जित्ने टोली र प्लेअफमा हारेको टोलीबीच फाइनलको लागि दोस्रो एलिमिनेटेड खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्