‘राइट टु प्रोटिन’ दौडिने सात हजार नाघ्यो



काठमाडौं ।

नेपाल भेटनरी संघको आयोजनामा ‘राइट टु प्रोटिन’ दौडको तेस्रो संकरणमा दौडिनेको संख्या सात हजार नाघेको जानकारी गराइएको छ ।

बिहीबार भएको पत्रकार सम्मलेनमा चैत १० गते हुने उक्त प्रतियोगितामा भाग लिनेको संख्या ७ हजार १९ जना पुगिसकेको जानकारी गराइएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट उद्घघाटन हुने उक्त प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएर विभिन्न स्थान हुँदै सोही ठाउँमा आएर नै टुङ्गिने छ ।

प्रतियोगितामा खुल्ला हाफ म्याराथन, १० किमि पुरुष, ५ किमि महिला, कक्षा १२ सम्म विद्यार्थीका लागि ५ किमि (छात्र) र ३ किमि (छात्रा) र ह्विलचियर दौड समावेश छ । कुल १४ लाख १२ हजार ५ सय पुरस्कार रहेको प्रतियोगितामा हाफ म्याराथनतर्फको विजेताले १ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी शीर्ष पाँचसम्मका खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ ।

गत संस्करणमा महिलातर्फ फुलमती राना र पुरुषतर्फ दिनेश अधिकारी च्याम्पियन बनेका थिए । प्रतियोगिताको मुख्य प्रायोजकमा युनाइटेड स्टेट सोयाबिन एक्सपोर्ट काउन्सिल छ ।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप० संरक्षक रहेको प्रतियोगितालाई नेपाल दाना संघ र पशु सेवा विभागले सहयोग गरेका छन् । नेपाल एथ्लेटिक्स संघको मान्यता तथा प्रविधिक सहयोग रहने प्रतियोगितासँग प्रिमेरा हस्पिटल, ई(सेवा आइएसएस, मेरियट होटेल, ‘फेयरफिल्ड बाइ मेरियट’, केबी एग्रो पार्टनरका रूपमा जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस्