नेपाली क्रिकेट विकासका लागि मन्त्री श्रेष्ठ र बार्कलेबीच भेटवार्ता



काठमाडौं ।

युवा तथा खेलकुद मन्त्री माननीय बिराज भक्त श्रेष्ठ र आईसीसी अध्यक्ष ग्रेग बार्कलेबीच युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा भेटघाट भएको छ।

बुधबार भएको भेटघाटमा नेपाल क्रिकेटको विकास र अभिवृद्धि बारे विशेष कुराकानी भयो । नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय मञ्चमा यसको महत्वलाई पहिचान गर्दै नेपालको क्रिकेट विकासको प्रयासलाई सहयोग गर्न आईसीसी उत्साहित र प्रतिबद्ध रहेको अध्यक्ष ग्रेग बार्कलेले जानकारी गराउनु भयो ।

मन्त्री श्रेष्ठले आईसीसीको सहयोगलाई स्वागत गर्दै क्रिकेटलाई युवा सशक्तिकरण र राष्ट्रिय गौरवको माध्यमका रूपमा प्रवर्द्धन गर्न मन्त्रालय अडिग रहेकोमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्