बद्री बहादुरको प्रवर्द्धनमा कपिल शर्माले सघाउने



काठमाडौं ।

शोभित बस्नेतको निर्देशनमा निर्मित फिल्म बद्री बहादुरको प्रवर्द्धनमा बलिउड अभिनेता तथा लोकप्रिय कमेडियन कपिल शर्माले सघाउने भएका छन्।

आगामी चैत्र २३ गतेबाट रिलिजमा आउने फिल्मको प्रवद्र्धनमा बलिउड शर्माले प्रचार गर्ने वचन दिएको निर्देशक बस्नेतले जाननकारी गराए।

निर्देशक बस्नेतले केही समयअघि मुम्बई पुगेका बेला कपिल शर्माको द कमेडी नाइटस विथ कपिल शर्मा शोको सेटमा उनले यस्तो बचन दिएको जानकारी गराए।

सलोन सलिना फिल्म्स्को ब्यानरमा विजय गोपाल दलीद्वारा प्रस्तुत तथा मिथुन भोटेद्वारा निर्मित फिल्ममा जयकिसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, वर्षा चौलागाईंलगायत मुख्य भूमिकामा छन् भने पूजा शर्मा, सलोन बस्नेत र निर्देशक शोभित बस्नेत पनि देखिने छन्।

रामकाजी घिमिरेको लेखन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन, विनोद सापकोटाको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको फिल्ममा रवि अधिकारी कार्यकारी निर्माता र समीर मिया सहनिर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्